×

सुन तोलामा एक सय रुपैयाँ घट्यो

images

काठमाडौं । आज बिहीबार सुन तोलामा एक सय रुपैयाँ घटेको छ ।

हिजो बुधबार सुन प्रति तोला १ लाख ५० हजार ४ सय थियो । आज सुन प्रति तोला १ लाख ५० हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदी प्रति तोलामा १५ रुपैयाँ वृद्धि भएको छ । चाँदी प्रति तोला आज १७ सय ९५ रुपैयाँ पुगेको छ । हिजो चाँदी १७ सय ८० रुपैयाँ थियो ।

बिहीबार २७ भदौ २०८१ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया