×

सीआईबीद्वारा क्रिप्टो र अनलाइन जुवा खेलेको आरोपमा ५० जना पक्राउ

images

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा  ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।

कलसेन्टरमा क्रिप्टोकरेन्सी कारोबार गरेको र अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। ५० जनामध्ये दुई जना चिनियाँ नागरिक र एक जना फिलिपिनो नागरिक छन्। अन्य व्यक्तिहरूको स्क्रिनिङ भइरहेको एसपी बोगटीले बताए।

 

बिहीबार २७ भदौ २०८१ ०२:१८ PM मा प्रकाशित

प्रतिक्रिया