×

नेप्सेमा समान्य सुधार, १ अर्ब ७० करोड रुपैयाँको कारोबार

images

दुई दिनसम्म उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ६८ अङ्कले बढेर एक हजार नाै सय २७ दशमलव २८ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २६ वटा कम्पनीका  ४९ लाख ६७ हजार कित्ता शेयर एक अर्ब ७० करोड ७७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण काबेली हाइड्रोको सात करोड ९५ लाख तथा गुर्खाज फाइनान्स र शिवम् सिमेन्टको झन्डै साढे सात करोड रुपैयाँका दरले शेयर किनबेच भएको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर झन्डै साढे नाै प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि नयाँ सारथी लघुवित्तको शेयर साढे चार प्रतिशतले घटेको छ । 

मङ्गलबार २८ असार २०७९ ०३:३४ PM मा प्रकाशित

प्रतिक्रिया