×

अहमदाबाद विमान दुर्घटना-२०४ जनाको मृत्यु भएको पुष्टि

images

काठमाडौँ —गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरे। प्रहरी आयुक्तले भने, ‘केही बाँचेका हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौं।’ मलिकले ४१ जनाको अस्पतालमा उपचार भइरहेको र राहत तथा उद्धार कार्य जारी रहेको बताए।

२४२ यात्रु र चालक दलका सदस्यहरू सवार विमान दिउँसो १:३८ बजे अहमदाबादबाट उडेको थियो।  विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो। 

दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार ३० जेठ २०८२ ०९:२८ PM मा प्रकाशित

प्रतिक्रिया