सेयरबजार २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। सूचक बढेको दिन बजारमा साढे १४ अर्बको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दिनभरिमा ४ करोड १६ लाख कित्ता किनबेच भएको हो।
यस दिन १७६ वटा सेयरको मूल्य पनि बढेको छ। बढेकामध्ये पनि सालपा विकास बैंक र रिलायन्स स्पिनिङका सेयरले सर्किट ब्रेक हानेका छन्। यसबाहेक नेशनल हाइड्रोपावर, होटल फरेस्ट इन, दरमखोला हाइड्रोका सेयरहरु क्रमशः ९.९७, ९.९३ र ९.४६ प्रतिशतले उकालो लागेका छन्।
आज ७७ वटा सेयर घटेकामा अधिकतम ३.७२ प्रतिशतसम्म मात्र गिरावट देखिएको छ। कारोबारमा नेशनल हाइड्रो ६७ करोड बढीसँगै अगाडि हुँदा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको प्रोमोटर सेयर ५६ करोड, कुमारी बैंकको ४४ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज वाणिज्य बैंक २.०२ प्रतिशतले बढेको हो। होटल र पर्यटन, निर्जीवन बीमा, अन्य घटे पनि बाँकी समूहमा हरियाली छाएको छ।
प्रतिक्रिया