×

रास्वपाका नेता प्रणय शमशेरले दिए पार्टीबाट राजीनामा

images

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टीबाट राजीनामा दिएका छन् । विहिबार राजीनामाको घोषणा गर्दै राणाले पार्टीमा विशेष परिस्थितिको नाममा भएको बेथितिलाई मुखदर्शक भएर हेर्न नसक्ने भन्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।    

उनले भनेका छन्-  मेरो राजीनामाको निर्णयबाट  प्रभावित हुने स्वदेश र विदेशमा रहनुभएका संगठन एवं शुभेच्छुक साथीहरू समक्ष क्षमायाचना गर्न चाहन्छु । राजनीतिमा कहिले पनि सामान्य परिस्थिति हुँदैनन् । त्यसैले नै सबै भैपरि आउन सक्ने परिस्थितिहरुलाई आकलन गरेर पार्टीले विधान बनाएको हुन्छ । अहिले विशेष परिस्थितिको नाममा बेथिति संस्थागत गर्दै गर्दा भोलि यही कुरा सरुवा, बढुवा, नियुक्तिमा हुँदैन भनेर आम नागरिकले कसरी विश्वास गर्ने ? आफ्नो आन्तरिक अभ्यास सही ढङ्ग नगर्ने पार्टीले भोलि सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास म गर्न सक्दिन र अन्धभक्ति गर्न पनि चाहन्न !'

राणाले उम्मेदवार छनौटमा प्राइमेरी चुनाव नगरेको आरोप लगाउदा पार्टीको विधान अनुसार काम नगरेको, आधिकांश केन्द्रमा बसेका पदाधिकारी र केन्द्रीय सदस्यहरु बेथितिको साझेदार बनेको बताउदै उनले सुशासन, आर्थिक पारदर्शिता र जवाफदेहिता नारामा मात्र सिमित भएको र अभ्यासमा नभएको आरोप लगाएका छन् ।

बिहीबार ३० माघ २०८२ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया