×

एमालेविरुद्ध बाहृय र भित्री घेराबन्दी भएको छ् - प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी २०८३ साल असारमा सत्ता हस्तान्तरण गर्ने दोहोर्याएका छन् । अहिले कसैले सरकार आजै ढल्छ, भोलि ढल्छ भन्नु हाँस्यास्पद भएको भन्दै उनले ०८३ को असारमा आफूले राजीनामा दिने मिति सुनाएका हुन् । त्यतिवेला पनि अहिले सरकार ढल्छ भन्नेहरुले ‘देख्यौं, सरकार ढल्यो’ भनेर भन्ने ओलीको व्यंग्य थियो ।

उनले आफूहरुसँग दुई तिहाईको बहुमत रहेकोले कसैको पार्टीपनि विभाजन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘हामीलाई कसैको पार्टी फुटाउन आवश्यक नै छैन् । हामीसँग झण्डै दुई तिहाईको सरकार छ । किन फुटाउने ? फेरि फुटाउनेपनि कत्रा, कुनै चट्टानजत्रो हो र यत्रा यता गिट्टी, ढुंगा फुटाएर के गर्नु र? हामीलाई त्यो आवश्यक पनि छैन् र सौखपनि छैन् ।’

आज (बुधबार)काठमाडौंमा आयोजित एमालेनिकट निजामति कर्मचारी संगठन नेपाल निजामति कर्मचारी संगठनको १२औं महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सो क्रममा जित्नेहरुले एकताबद्ध भएर जित्ने गरेको र हार्नेहरुले डेमोक्रेसीको नाममा झगडा गरेर सिद्दिने गरेको टिप्पणी गरे । उनले आफूहरुमाथि बाहृय र भित्री दुवै घेराबन्दी भैरहेको टिप्पणी गरे ।

बुधबार ३० माघ २०८१ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया