×

सहकारी ठगी र संगठित अपराध अभियोगमा रवि र छविको मुद्दामा सुनुवाइ हुँदै

images

काठमाडौं ।  सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ । मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवल प्रशासनले जनाएको छ। यसअघि दुई पटक रवि पक्षका कानुन व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रूपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।

लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षमा छन् ।

बिहीबार २६ मंसिर २०८२ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया