×

फेलिक्स र मार्टिनेजपछि कोमन भित्र्याउदै अल नासर

images

काठमाडौँ । साउदी प्रो लिग क्लब अल नासर खेलाडी भित्र्याउन आक्रामक देखिएको छ ।

पोर्चुगलका जोआओ फेलिक्सलाई भित्र्याएको अल नासरले स्पेनिस डिफेन्डर इनिगो मार्टिनेजलाई भित्र्याएपछि अब फ्रेन्च विंगरलाई भित्र्याउने तयारी गरेको छ ।

अल नासरले २० बर्षिय फ्रेन्च विंगर किंग्सले कोमनलाई बायर्न म्युनिखबाट भित्र्याउने तयारी गरेको हो ।

यस अघि शनिबार अल नासरले ३४ बर्षिय स्पेनिस डिफेन्डर  इनिगो मार्टिनेजलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा भित्र्याएको थियो । मार्टिनेजलाई अल नासरले बार्षिक १० मिलियन युरो दिने गरि भित्र्याएको बताइएको छ । उनको बार्सिलोनामा बार्षिक ७ मिलियन युरो पारिश्रमिक रहेको थियो ।

त्यस्तै फेलिक्सलाई अल नासरले बार्षिक १२ मिलियन युरोमा भित्र्याएको साउदी मिडिया आउटलेट अररियादियाहल उल्लेख गरेको छ ।

अब कोमनलाई भित्र्याउन अल नासरले बयार्न म्युनिखलाई प्रस्ताव दिएको र लगभग सहमति भयेओ मिडिया रिपोर्टमा उल्लेख छ । अल नासरले कोमनका लागि ३० मिलियन युरोको प्रस्ताव दिएको बताइएको छ ।

 

सोमबार २७ साउन २०८२ ०७:५५ AM मा प्रकाशित

प्रतिक्रिया