×

नागरिकता विधेयकबारे गृहमन्त्रीद्वारा अध्यक्ष दाहालसँग छलफल

images

संसद्मा पेश भएको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे गृहमन्त्री बालकृष्ण खाणले सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्नुभएको छ ।

ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा आज बिहान भेटवार्ता भएको र छलफल सकारात्मक रुपमा टुङ्गिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । यसअघि सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

 राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश गरेकोमा सरकारले उक्त विधेयक असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । 

पेश भएको विधेयकमा सहमति जुटाउन गृहमन्त्री खाणले सरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गरिरहनुभएको छ । आइतबार साँझ मात्रै गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग भेटवार्ता गर्नुभएको थियो । 

सोमबार २७ असार २०७९ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया