×

७७ अङ्कले घटेर शेयर बजार राताम्मे, ६ वटाबाहेक सबै कम्पनीको शेयर ओरालो

images

शेयर बजार आज साेमवार ७७ अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ७७ दशमलव शून्य एक अङ्कले घटेर एक हजार नाै सय १५ दशमलव ६१ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर ओरालो लागेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । 

आज दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा ६ वटाबाहेक सबै कम्पनीको शेयर घटेको छ । ६३ लाख १३ हजार कित्ता शेयर दुई अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ११ करोड रुपैयाँको शेयर किनबेच भयो । 

आज ग्रामीण विकास लघुवित्तको शेयर १० प्रतिशत तथा किसान लघुवित्त, हिमालयन पावर पार्टनर, माउन्टेन हाइड्रो नेपाल र ग्लोबल आईएमई समुन्नत स्किम कम्पनीको शेयर नाै प्रतिशतभन्दा धेरैले घटेको छ । 

सोमबार २७ असार २०७९ ०३:४७ PM मा प्रकाशित

प्रतिक्रिया