×

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

images


 काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम भएको जनाएको छ । आजको मूल्यसूची तय गर्दै महासङ्घले हिजो

बुधबारकै मूल्यमा सुनको कारोबार भइरहेको जानकारी दिएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १४ सय ३० रुपैयाँ कायम भएको जानकारी दिएको छ । आज १५ रुपैयाँ घटेको चाँदी हिजो बुधबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।।

बिहीबार २८ बैशाख २०८० ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया