क्यालेन्डर बिमोचन तथा सरसफाइ कार्यक्रम सम्पन्न

    images

    सिर्जना सामुदायिक टोल विकास संस्था र सिर्जनासीप सेवा प्रा लिको संयुक्त आयोजनामा क्यालेन्डर बिमोचन तथा सरसफाइ कार्यक्रम को आयोजना गरियो । महालक्ष्मी नगरपालिका को नगरप्रमुख हरि गोबिन्द श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्र का व्यक्ति हरुको सहभागिता रहेको थियो । एतिहासिक इबिदह (बोझेपोखरि) मन्दिर परिशरबाट प्रारम्भ गरिएको सरसफाइ इन्द्रेश्वर महादेव हुदै पैनाचल हनुलिंगेश्वर महादेव परिसरमा पुगेर अौपचारिक कार्यक्रम मा रुपान्तरण भएको थियोे ।

    बि स २०८२ को तयार गरिएको क्यालेण्ड बिमोचन कार्यक्रममा विभिन्न क्षेत्रका महानुभावहरुले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।अन्तर्धार्मिक परिषद नेपालका संस्थापक सचिव तथा धर्माचार्य केशवप्रसाद चौलागाईंले लेखन मार्फत यश क्षेत्र को परिचय गराउदै आउनु भएको जानकारी गराउनु भयो ।अघिल्लो बर्षको क्यालेण्डरमा " इन्द्रेश्वर महादेव " को जानकारी भएकोले स्वराज्य पूजन तथा यात्रा यश क्षेत्रमा आयोजना गरेको बताउनु भयो । महानगरपालिका स्थित " ऋषि शृंगी आश्रम,गोभ्राटेश्वर महादेव तथा पैनाचल हनुलिंगेश्वर महादेव" कल्चरल डिप्लोमेसि" का लागि महत्त्वपूर्ण  रहेको बताउनु भयो ।अन्तर्राष्ट्रिय राजनीति मा महत्त्व राख्ने कल्चरल डिप्लोमेसि तथा सफ्ट पावरका शक्तिशाली श्रोत महानगर मा रहेकोले नगरपालिकाले उचित कार्यक्रम मार्फत उपयोग गर्दै धार्मिक पर्यटनको बृद्धि गर्नुपर्ने बताउनु भयो ।

    प्रमुख अतिथिको आशनबाट बोल्नुहुदै सरसफाइ तथा क्यालेन्डर प्रकाशन कामका लागि टोल समितिलाई बधाई दिनु भयो  साथै सिर्जना सामुदायिक टोल विकास संस्थाका पुर्ब अध्यक्ष  बिनोद कडेलले सरसफाइ तथा क्यालेन्डर प्रकाशन कामका लागि टोल समितिलाई बधाई दिनु भयको थियो।  नगरपालिका भित्र रहेका प्राचिन इनारहरुलाइ संरक्षण तथा सुन्दर बनाएको कुरा गर्दै सर्म संस्कृति नै मुलुकको इतिहास भएकोले त्यसका लागि सधै काम गर्ने बताउनु भयो । टोल समिति का सचिव तिर्थराज ठकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियोे भने कार्यक्रम को सभापतित्व टोल समिति का अध्यक्ष तोरण कुमार कार्कीले गर्नु भएको थियो ।

    भारत तथा पाकिस्तान का बीच शुरु भएको युद्धको कारण  आतंकवादका बिरुद्ध बढ्दो चर्चाले सबै कार्यक्रम लाई प्रभावित पारिरहेको देखिन्छ ।काश्मिरको पहलगाममा आतंककारी हरुबाट नेपाली युवा समेत 26 जनाको ज्यान गएको बिरुद्ध मा भारत ले शुरु गरेको कारबाही मा नेपाली हरुले पनि सहयोग गर्नुपर्नेछ ।संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव 2178 तथा 2734 अनुरुप बिदेशी आतंककारी लडाकुलाई कार्वाही तथा आर्थिक तथा आश्रय उपलब्ध गराउने लाई पनि कार्वाही गर्नुपर्ने व्यवस्था अनुरुप पाकिस्तान लाई पनि दबाब दिनुपर्ने कुरा स्पष्ट हुन्छ।भारत पाकिस्तान बीचको युद्धले नेपाललाई पनि प्रभाव पार्ने हुदा आतंककारी बिरुद्ध नेपाली हरुले पनि समयमै साथ दिनु पर्ने कुरा उपस्थित सहभागी हरुले व्यक्तिगत रुपमा छलफल गरिरहेका थिए।

    सभापति को आशनबाट अध्यक्ष तोरण कुमार कार्की ले उपस्थित सबै प्रति आभार व्यक्त गर्दै भावी दिनमा पनि सहभागी भइ सफलबनाउन सहयोग प्राप्त हुने अपेक्षा गर्नु भयो ।
     

    आइतबार​ २८ बैशाख २०८२ ११:०५ AM मा प्रकाशित

    प्रतिक्रिया