×

मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

images

काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । आइतबार बिहान ७ बजे ट्रक सडकमै पल्टिएर दुर्घटना भएपछि दुबैतर्फको सवारी आवागमन पूर्णरूपमा अवरुद्ध थियो। अवरुद्ध सडक करिब ४ घण्टापछि एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ।

आज बिहान करिब ७ बजे वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको कोइला लोड ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको थियो। मधेस प्रदेश ०३-००१ख ९८१७ नम्बरको उक्त ट्रक आफै अनियन्त्रित भई पल्टिँदा सडकका दुवै लेन बन्द हुँदा यो सडकबाट आवतजावत गर्ने सवारीहरू सडकमै रोकेपछि लामो जाम लागेको थियो। 

आइतबार​ २८ बैशाख २०८२ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया