×

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी

images

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ । सरकारले आज पेश गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बसेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने बताइएको छ । यस्तै आजै बस्ने संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोमबार २८ बैशाख २०८३ ११:०० AM मा प्रकाशित

प्रतिक्रिया