×

‘भष्मे डन’ मा आँचल शर्मा अनुबन्धित

images

काठमाडौं । चलचित्र ‘पशुपति प्रसाद २, भष्मे डन’मा अभिनेत्री आँचल शर्मा पनि अनुबन्धित भएकी छिन् ।

चलचित्रको केही दृश्यमा अभिनय र एउटा गीतमा नृत्य गर्ने गरी निर्माण युनिटले आँचललाई चलचित्रमा भित्र्याएका हुन् ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशन गर्न लागेको चलचित्रमा आँचलको भूमिका भने अहिले खुलाइएको छैन् ।

चलचित्रमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको अभिनय रहनेछ । चलचित्र कार्तिक ४ गतेबाट प्रदर्शन गरिने भन्दै निर्माण पक्षले मिति तय गरेको छ ।

मङ्गलबार २८ चैत २०७९ ०३:५५ PM मा प्रकाशित

प्रतिक्रिया