×

नेसपा (नयाँशक्ति) को उपाध्यक्षमा मानुषी निर्विरोध,, को–को भए निर्विरोध निर्वाचित ?

images

काठमाडौं । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएका छन् । समावेशी अन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्यतर्फ कोशी प्रदेश (खुल्ला) मणि राई, महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी निर्वाचित भएका छन् ।  यस्तै मधेस प्रदेशमा(महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा निर्वाचित भएका छन् । 

यसैगरी गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश  केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल, लुम्बिनी प्रदेश  केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मी प्रसाद भट्टराई र सोही प्रदेशबाट केन्द्रीय सदस्य(महिला) मिराकुमारी मल्ला निर्वाचित भएकी छिन् ।  यस्तै सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला) रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) सत्यदेवी चापागाईँ, भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लोकेन्द्रबहादुर सुनार निर्विरोध निर्वाचित भएका छन् । 

यसैगरी केन्द्रीय सदस्य खुला युवा महिला  निशा श्रेष्ठ,आदिवासी जनजाति युवा महिला मन्जु माया तामाङ, मधेसी महिला अमृता कुमारी देवी, दलित केन्द्रीय सदस्य युवा हिकमत विक र थारु महिला केन्द्रीय सदस्यमा गीता थनेत निर्वाचित भएका छन् ।अध्यक्षका लागि डा। बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईँले उम्मेदवारी दर्ता गराएका छन् ।आइतबारबाट सुरु भएको पार्टीको महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुने छ । तीन बजेबाट हुने मतदानले ९९ जनाको कार्यसमिति चयन गर्नेछ । 

मङ्गलबार २९ माघ २०८१ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया