काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको टिप्पणी गरेका छन् ।
मोदीले नेपालमा भएको हिंसा हृदयविदारक रहेको उल्लेख गर्दै धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा आफु अत्यन्तै विचलित भएको बताएका छन् । मोदीले नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण भएको बताउदै शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गरेका छन् ।
मोदीले भनेका छन्-
आज दिनभरीको भ्रमणबाट फर्किएपछि सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकमा नेपालको घटनाक्रमहरुको बारेमा विस्तृत छलफल भयो । नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै विचलित छ । नेपालको स्थिरता, शान्ति र समृद्धि अत्यन्त महत्वपूर्ण छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अपील गर्दछु ।
प्रतिक्रिया