×

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपिओ खुला

images


काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि आईपिओ निष्कासन गरेको छ । 

कम्पनीले सर्वसाधारणका  लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर एक सयका दरले ४२ लाख ४८ हजार नौ सय

३८ कित्ता शेयर निष्काशन गरेको छ । 

त्यस्तै चार लाख ९९ हजार आठ सय ७५ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि तथा दुई लाख ४९ हजार नौ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषलाई

निष्काशन र बाँडफाँट गरिएको छ । निष्कासित शेयरमा लगानीकर्ताले यही फागुन ३० गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि

आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आगामी चैत १० सम्म आवेदन खुला रहने छ ।लगानीकर्ताले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो शेयर’मार्फत

अनलाइन प्रणालीबाट समेत सेयर खरिदको आवेदन दिन सक्ेछन् । 



 

शुक्रबार​ २६ फागुन २०७९ ११:५४ AM मा प्रकाशित

प्रतिक्रिया