काठमाडौं – बार्सिलोनाले स्पेनिस ला लिगाको अङ्क तालिकामा सेभियासँगको दुरीलाई छोट्याएको छ। आइतबार भएको खेलमा बार्सिलोनाले सेभियालाई ४-१ ले हराएको हो।
भ्रमणकारी टोली बार्सिलोना १० खेलाडीमा सीमित हुनुका बाबजुद सफलता पाएको हो। सातौँ मिनेटमा रोबर्ट लेडवास्कीले बासिलोनालाई अग्रता दिलाएको सो खेलको आठौँ मिनेटमा सेभियाका रुबेन भर्गासले बराबरी गोल गरे। दोस्रो हाफमा बेन्चबाट मैदानमा गएका फर्मिन लोपेजले बार्सिलोनालाई अग्रता दिलाएका थिए। राफिन्होले बार्सिलोनाका अग्रता फराकिलो पारेको खेलको ६२ औँ मिनेटमा लोपेजले रातो कार्ड पाएका थिए। खेल सकिन एक मिनेट बाँकी रहँदा इरिक गार्सियाले बार्सिलोनाका लागि थप एक गोल गरे।
आइतबार भएका अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई २-१ हराउँदा भ्यालेन्सियाले लेगानेसलाई २-० पराजित गरेको छ। गेटाफेले डेपोर्टिभो अल्भासमाथि भने १-० को जित निकालेको छ। अंक तालिकामा रियल म्याड्रिडको ५०, एटलेटिको म्याड्रिडको ४९ तथा तेस्रो स्थानमा रहेको बार्सिलोनाको ४८ अङ्क छ।
प्रतिक्रिया