काठमाडौँ । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ८९ हजार ८३६ पटकको कारोबारमा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको २ करोड १७ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन कालिञ्चोक दर्शनको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने आरबिबि फोकस ४० को इकाईमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ५.२४ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।
प्रतिक्रिया