×

घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा जाँदै

images

काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन्।

भुसाल एक-दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको उच्च स्रोतले बतायो। भुसालले नेकपा एसमा महासचिव मागेका छन् । तर, उनलाई शुरुमा सचिवालय सदस्य दिने नेकपा एसको तयारी छ।

भुसालले एमालेबाट आफूसँगै केही नेता कार्यकर्ता पनि लैजान पहल गरेका छन् । मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो।

एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि ल्याएका छन्।

हेर्नुहोस प्रस्ताव:

 

 

मङ्गलबार २६ पुस २०७९ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया