काठमाडौँ । दशैँपछि नेप्सेमा लगातार गिरावट आएको नेप्से आज बढेको छ । विहिबार २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ ।
कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट कारोबार रोकिएको नेप्से त्यसपछि भने घटेको थियो । राष्ट्रबैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाउने र बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ ।
आज ३१३ कम्पनिका एक करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर बढेको छ ।
आज बिन्धाबासिनी हाइड्रोको सेयर सबैभन्दा बढी ८.२१ प्रतिशतले बढ्यो भने एशियन हाइड्रोको शेयर ५.५४ प्रतिशतले बढेको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.०९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको २७ करोड ३४ लाख र युनियन हाइड्रोको २७ करोड १२ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया