काठमाडौं । नेपालको मानव विकास सूचकाङ्क खस्किएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको मानव विकास प्रतिवेदन, सन् २०२१/२२ को प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्क खस्किएको उल्लेख छ ।
प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क सन् २०२१ मा ० दशमलव ६०२ रहेको छ । सन् २०१९ मा ० दशमलव ६११ रहेको मानव विकास सूचकाङ्क २०२० मा ० दशमलव ६०४ थियो । सन् २०१८ मा भने नेपालको मानव विकास सूचकाङ्क ० दशमलव ६०१ थियो । दक्षिण एसियाली देशमा नेपाललगायत भारत र भुटानको पनि मानव विकास सूचकाङ्क घटेको देखिएको छ ।
पाकिस्तान र माल्दिभ्सको मानव विकास सूचकाङ्क सन् २०२० मा घटेको भए पनि अहिले केही सुधार आएको छ । श्रीलङ्का र बङ्गलादेशको मानव विकास सूचकाङ्क भने दुवै वर्ष बढेको छ ।
सन् २०२१ मा मानव विकास सूचकाङ्क श्रीलङ्काको ० दशमलव ७८२, माल्दिभ्सको ० दशमलव ७४७, भुटानको ० दशमलव ६६६, बङ्गलादेशको ० दशमलव ६६१, पाकिस्तानको ० दशमलव ६४४, भारतको ० दशमलव ६३३ र अफगानिस्तानको ० दशमलव ४७८ रहेको छ । यो प्रतिवेदन अनुसार मानव विकास सूचकाङ्कमा नेपाल १ सय ४३औँ स्थानमा छ ।
प्रतिक्रिया