×

कांग्रेससँगको सरकारमा सहयात्रा ०८४ को निर्वाचनपछि पनि कायम रहन्छ -प्रधानमन्त्री केपी शर्मा ओली

images

काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गरिएको बताएका छन् । उनले अहिलेको सरकार भोलि नै चेञ्ज भइहाल्छ कि भन्ने अवस्था नरहेको भन्दै ढुक्क भएर काम गर्न उद्योगी तथा व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले कांग्रेससँगको सरकारमा सहयात्रा ०८४ को निर्वाचनपछि पनि कायम रहने विश्वास दिलाए । अहिलेको सहकार्य त ०८४ को निर्वाचनसम्म कायम हुनेबारे सहमति नै गरिएकोले चुनावपछि पनि यो सहकार्य कायम रहने विश्वास दिलाएका हुन् । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो ध्यान देशमा सुशासन कामय गर्नु भएको भन्दै त्यसप्रति दृढताका साथ काम गरिरहेको सुनाए । तर, देशमा अहिलेपनि भ्रष्टाचार चलिरहेको आशंका सुनाए । त्यसप्रति सरकार कठोर भएर प्रस्तुत हुने उनको भनाई छ ।

बुधबार २६ चैत २०८१ ०७:३१ PM मा प्रकाशित

प्रतिक्रिया