काठमाडौं । डोमिनिकन गणराज्यमा स्थानीय समयअनुसार मंगलबार बिहान एक नाइट क्लबको छत भत्किँदा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको छ । राजनेता, खेलाडीलगायत सहभागी एक कन्सर्टको समयमा भएको उक्त घटनामा परी कम्तीमा ७९ जनाको मृत्यु भएको छ । त्यस्तै १६० जनाभन्दा बढी मानिसहरू घाइते भएका छन् । उक्त भग्नावशेसमा परेकाहरूको खोजी जारी छ ।
आपतकालीन सञ्चालन केन्द्रका निर्देशक जुआन मैनुअल मेन्डेजले भग्नावसेसमा पुरिएकाहरुको खोजी जारी छ । उनले घटना भएको १२ घण्टापछि पनि उद्धारकर्ताहरूले मानिसहरूलाई जिउँदै उद्धार गरिरहेको बताए ।
प्रतिक्रिया