×

गठबन्धनमा रहेका दलहरुबीच निर्वाचनमा मिलेर जाने सहमती भइसकेको नेपालको दावी

images

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच स्थानीय तह निर्वाचनमा मिलेर जाने सहमती भइसकेको दावी गर्नु गरेका छन् । बुधबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको  बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । 

अध्यक्ष नेपालले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने पनि स्पष्ट पारे । त्यसका लागि आवश्यक संगठन र योजना निर्माण गर्न जारी केन्द्रिय कमिटी बैठकले महत्वपूर्ण निर्णय लिनुपर्ने उनको भनाई थियो । 

अध्यक्ष नेपालले एमालेप्रति संकेत गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

‘हाम्रो सम्पूर्ण ध्यान अव निर्वाचनमा केन्द्रित हुनेछ । हामीले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी गरिरहेका छौं । र हाम्रो सहमती रहेको छ–निर्वाचनमा पनि हामी मिलेर जान्छौं’, उनले भने, ‘सबै ठाउँमा मिल्न सकिदैन भने पनि जति ठाउँमा सकिन्छ मिलेर जाने, त्यसमा निम्ति हामीसँग भएको शक्तिको हेक्का हामी आफैलाई हुनुप¥यो । ठिक मूल्यांकन गर्नु प¥यो । अरु पार्टीहरूको शक्ति कति छन्, त्यसको पनि जानकारी हुनुप¥यो । त्यसको मूल्यांकन गर्नुप¥यो । त्यसपछि पारस्पारिक लाभ कसरी लिन सकिन्छ भन्ने कुराको पनि सही विश्लेषण हुनुप¥यो । त्यसपछि हामीले सिटको तालमेलका लागि उपयुक्त निर्णय गर्नु प¥यो ।’

उनले चुनावमा पार्टीको ७५३ वटै स्थानीय तहहरुमा उपस्थिति हुने पनि बताए ।  उनले अगाडि भने, ‘कतिपयलाई भ्रम छ कि हामी शक्तिशाली छौं भन्ने । तर, त्यो भ्रम समयक्रममा प्रष्ट हुनेछ । उनीहरुले भ्रममात्रै पालेको हो भन्ने कुरालाई हामीले व्यवहारबाट पुष्टि गर्नु पर्दछ । यसबीचमा हामीले दुई पटक निर्वाचनमा भाग लिएका छौं । राष्ट्रियसभाको निर्वाचनमा हामीले केपी ओलीसँग प्रतिस्पर्धा गरेर जित हासिल गरेका थियौं । एक्लै चुनाव जित्ने स्थिति नभएपछि हामीले गठबन्धन गरेर चुनाव जित्यौं । अहिले पनि गठबन्धन कायमै छ । गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको थियो । ती भयंकर षडयन्त्रहरुलाई हामीले विफल पा-यौं ।’

अध्यक्ष नेपालले दुई पटक आफ्नो पार्टीले एमालेसँग चुनावी प्रतिस्पर्धा गरेर जित हासिल गरेको उल्लेख गर्दै अव पनि त्यसै गरेर अघि बढ्ने योजना रहेको पनि दोहो¥याए ।

 

बुधबार २५ फागुन २०७८ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया