×

जनताभन्दा माथि कोही छैन- प्रधानमन्त्री प्रचण्ड 

images

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, जनताभन्दा माथि कोही नभएको भन्दै संविधानको इमान्दार कार्यान्वयन हुनुपर्ने बताएका छन् ।  नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा बिहिबार आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुत कार्यक्रममा उनले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हितका लागि संविधानको कार्यान्वयन हुनुपर्ने बताएका हुन्।

उनले भने “हाम्रो संविधान राजनीतिक सहमति र सम्झौताको दस्तावेज हो । संविधानका विविध विषयमा हामी सबैका आफ्ना दृष्टिकोण छन् । कतिपय विषयमा बिमति पनि होलान् । तर, हामीले बनाएको संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी पनि हाम्रो नै हो ।”

उनले थपे “संविधानले भनेको कुरा पहिला लागू गरौँ । त्यसले के नतिजा दिन्छ, त्यसपछि समीक्षा गरौँला । संविधानमा भएको व्यवस्था लागू नगरी संविधानलाई दोष दिनु हुँदैन ।”  कार्यक्रममा पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले आआफ्नो धारणा राखेका छन् । 

बिहीबार २६ माघ २०७९ ०५:१५ PM मा प्रकाशित

प्रतिक्रिया