×

शिक्षा समितिमा उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित

images

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकले उपसमितिले तयार पारेको प्रतिवेदन परिमार्जनसहित पारित भएको हो । आजदेखि विधेयकमाथिको छलफलसमेत सकिएको छ ।  समितिले सचिवालयलाई प्रतिवेदन लेख्न निर्देशन दिएको छ । अब २७ गते बस्ने समिति बैठकले सहमति जुट्न बाँकी रहेका केही विषयमा छलफल गरेर निर्णय गर्ने सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् । 

उपसमितिले सहमति जुटाएर तयार पारेको प्रतिवेदनमा अब विद्यालयका प्रधानाध्यापक नेपाल शिक्षक महासंघको सदस्य हुन नपाउने व्यवस्था छ । त्यस्तो सदस्य प्रधानध्यापक भए आफ्नो कार्यकाल रहेसम्म स्वत: निष्कृय हुने व्यवस्था गरिएको छ ।

त्यस्तै नयाँ विधेयकमा अब स्थायी शिक्षक बढुवा हुन पाँच वर्षमा कार्यसम्पादन र ज्येष्ठताका आधारमा ८० अंक ल्याए स्वत: बढुवा हुने व्यवस्था गरिएको छ ।

 

शुक्रबार​ २४ साउन २०८२ ०६:३२ AM मा प्रकाशित

प्रतिक्रिया