×

यस्तो छ साउदी अरेबियाविरुद्ध खेल्ने नेपाली प्लेइङ ११

images

काठमाडौँ । नेपालले एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियाविरुद्ध खेल्ने प्लेइङ ११ सार्बजनिक गरेको छ ।

यो खेल आज नेपाली समय अनुसार १: ४५ बजेदेखि शुरु हुने छ । खेलको प्रत्यक्ष प्रशारण भुटान फुटबल फेडेरेसनको युट्युब च्यानल www.youtube.com/@bhutanfootball बाट हुने छ । साउदी अरेबियाविरुद्ध गोलकिपर लिला जोशी तथा सरिता कुमारीनाथ, सिमरन राई, गंगा रोकाया र अनिशा राई, बिर्साना चौधरी, कुसुम खतिवडा, मनिषा सेन, वर्षा ओली, मीना देउवा र समीक्षा मगर खेलिरहेका छन् ।

यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ ।  प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

 

शुक्रबार​ २४ साउन २०८२ ०१:३१ PM मा प्रकाशित

प्रतिक्रिया