×

समाजवादी मोर्चाले ६/६ महिनामा अध्यक्ष परिवर्तन गर्ने , सातै प्रदेशमा कार्यक्रम

images

काठमाडौं । ४ दलीय समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ। 

मोर्चा गठन भएपछि पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको पहिलो बैठकले मोर्चाको चाँडै नै सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो।

बैठकले हरेक ६ महिनामा मोर्चाको अध्यक्ष परिवर्तन गर्ने निर्णय गरेको छ।

यस्तै, बैठकमा मोर्चाको आगामी नीति र आचारसंहिता निर्माणका लागि चार सदस्यीय कार्यदल गठनपनि गरेको छ।

कार्यदलमा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र नेकपा खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन्।

मोर्चाको सन्देश देशभर पुरयाउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।  कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुने र पारित हुने समेत उनले बताए ।

बैठक बडो सौहाद्रपूर्ण ढंगले सम्पन्न भयो । समाजवादी मोर्चा गठन भएको २३ दिन बितेको छ ।  र, यो मोर्चाको उद्देश्य, यसको गठनबाट देशले पाउने कुरा र अहिलेको लोकतान्त्रिक समाजवादी आन्दोलनलाई अगाडि बढाउने बारेमा हामीले मनग्गे छलफल गरयौं’ उनले भने, ‘यो छलफल पश्चात र, यसका सन्देशहरु दिनका लागि हामीले केही दिनभित्र सातवटै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौ । त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने आउँदो २७ गते घोषणा हुन्छ ।’

 

अध्यक्षको औपचारिक निर्णय नहुँदासम्म मोर्चाको बैठकको अध्यक्षता माधवकुमार नेपालले गर्ने भएका छन्।

शनिबार २३ असार २०८० ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया