काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै कर्णाली याक्सले दोस्रो जित हासिल गरेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबारसम्पन्न दोस्रो खेलमा विराटनगर किङ्सलाई ७ रनले पराजित गर्दै कर्णाली याक्सले दोस्रो जित निकालेको हो।
कर्णालीले विराटनगरलाई १३४ रनको लक्ष्य दिएको थियो। कर्णालीका लागि नन्दन यादवले ३ र विपिनप्रसाद शर्माले २ विकेट लिएका थिए। कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र युनिश सिंह ठकुरीले समान १–१ विकेट लिए।
विराटनगरका निकोलस किर्तोन ४०, लोकेश बम १९ र दीपक बोहराले १८ रन जोडे अन्यको खेल सम्झन योग्य रहेन।
यसअघि देव खनाल र विलियम बोसिस्टोको अर्धशतकीय पारीमा कर्णाली याक्सले उक्त लक्ष्य पेश गरेको थियो। कर्णाली याक्सका लागि देव खनालले ५३, विलियम बोसिस्टोले ६६, शिखर धवनले ५ रन बनाए पनि अरु खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।
कर्णाली याक्सका लागि जिसन मकसुदले ३ बल खेलेर २ रन जोड्दा अर्जुन घर्तीले ४ बलमा मात्र १ रनको योगदान दिए। नन्दन यादव, विपिनप्रसाद शर्मा भने बिना कुनै रन पभेलियन फर्किनु परेको थियो।
विराटनगर किङ्सका लागि प्रतिश जीसीले ४ विकेल लिँदा वसिर अहमद र क्रिस सोलले समान २–२ विकेट लिएका थिए। अकिब इलियासले कर्णाली याक्सको १ विकेट झारेका थिए।
प्रतिक्रिया