×

अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ- प्रकाशमान सिंह

images

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार प्रकाशमान सिंहले केहीले देशलाई अस्थिरतातर्फ लैजान खोजेकोले मतदाता सचेत रहनुपर्ने बताएका छन्। साथै  नेता सिंहले संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसलाई मत दिन आग्रह गरेका छन् । काठमाडौं- १ का उम्मेदवारसमेत रहेका सिंहले संविधानको कार्यान्वन नहुँदै संघीयता, गणतन्त्र धर्मनिरपेक्षताजस्ता परिवर्तनविरुद्ध गतिविधि गरी देशलाई पुन: अस्थिरतातर्फ लैजान खोजेको टिप्पणी गरे ।

`के हामी सधैँ राजनीतिक अस्थिरतामा बस्ने ? अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने हो,´ सिंहले भने । उनले संविधान कार्यान्वयनका लागि आफूहरूलाई मत दिन पनि आग्रह गरेका थिए। ‘के हामी सधैं राजनीतिक अस्थिरतामा बसिरहने हो? होइन। अब राजनीतिक स्थिरता कायम गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढ्नुपर्छ,’ घरदैलोका क्रममा आज काठमाडौंमा उनले भने। जनजीविका सहज बनाउने र आर्थिक समृद्धिको एजेण्डा नै अबको प्राथमकिता भएको उनको भनाइ थियो ।

`कांग्रेस कमजोर हुँदा पहिलो संविधानसभा असफल भयो । जनताले दोस्रो पटक कांग्रेसलाई बलियो बनाएपछि संविधान बन्यो ´,उनले भने, `संविधान आएपछिको पहिलो आम चुनावमा कांग्रेस कमजोर बन्दा संविधानको कार्यान्वयन हुन सकेन । यसपटक कांग्रेस बलियो बनाउनुस् । संविधानको पूर्ण कार्यान्वयन गर्नेछौं । गाउँमा सिंहदरबार नारामा होइन व्यवहारमा पुर्‍याउनेछौं ।´

सोमबार २१ कात्तिक २०७९ ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया