काठमाडौँ । अल्बानियाको राजधानी तिरानामा अदालतको सुनुवाइको क्रममा गोली हानी एक न्यायाधीशको हत्या गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार गोली लागेपछि न्यायाधीश एस्ट्रिट कालाहालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
सम्पत्ति विवादसँग सम्बन्धित सुनुवाइमा उपस्थित एक बुबा र छोरा पनि गोली हानी घाइते भएका छन्, तर उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
प्रहरीले ३० वर्षीय संदिग्धलाई पक्राउ गरेको छ । स्थानीय मिडियाले उनको नाम एल्विस शेम्बी रहेको रिपोर्ट गरेको छ ।
अल्बानियाका प्रधानमन्त्री एडी रामाले न्यायाधीशको मृत्युमा शोक व्यक्त गर्दै गोली हान्ने व्यक्तिविरुद्ध कडा कानुनी कारबाही गर्ने बताएका छन् ।
प्रतिक्रिया