×

बंगलादेशविरुद्धको पहिलो टी-२० आई खेलमा घरेलु टोली भारत विजयी

images

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो टी-२० आई खेलमा घरेलु टोली भारत विजयी भएको छ । ग्वालियरमा गएराति सम्पन्न खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो । भारतका लागि मयंक यादव र नितिश कुमार रेड्डीले टी-२० आई डेब्यु गरे । भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको बंगलादेश निर्धारित २० ओभरमा १ बल बाँकी रहँदै १ सय २७ रनमा अल आउट भयो ।

उसका महदी हसन मिराजले सर्वाधिक ३५ रन बनाए भने अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका अर्शदीप सिंह र वरुण चक्रवर्तीले ३-३ विकेट लिए । १ सय २८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ११ ओभर ५ बलमा जम्मा ३ विकेट गुमाएर जित हात पार्यो ।

घरेलु टोलीका लागि अभिषेक शर्माले १६ रन बनाउँदा कप्तान सूर्यकुमार यादव २९ रनमा आउट भए । सञ्जु स्यामसनले पनि २९ रन जोडे । हार्दिक पाण्ड्या सर्वाधिक ३९ र नितिश कुमार १६ रनमा नटआउट रहे । बंगलादेशका मुस्ताफिजुर रहमान र मेहदी हसन मिराजले १-१ विकेट लिए ।

दुई देशबिचको दोस्रो खेल बुधबार र तेस्रो खेल शनिबार हुनेछ ।

सोमबार २१ असोज २०८१ ०१:०४ PM मा प्रकाशित

प्रतिक्रिया