×

हरिसिद्धी घटनामा मन्त्रीपक्ष र घाइते बालिका पक्षबीच सहमति

images

काठमाडौं । शनिबार बिहान ललितपुरको हरिसिद्धी–गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेशका मन्त्रीबीच समझदारी भएको छ ।

मन्त्रीका गाडी चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भएका थिए त्यसलगत्तै ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेर कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम रानाले ११ वर्षीया घाइते बालिकालाई भेटेका थिए ।

मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बिल तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका थिए । जिल्ला प्रहरी ललितपुरमा आफै हाजिर भएका ड्राइभर चौधरीलाई प्रहरीले शनिबार बेलुकी नै घर फर्किन अनुमति दिएको थियो । 

मन्त्री रानाले थप उपचार गर्नुपर्ने भएमा बालिकाको उपचार खर्च बेहोर्ने प्रतिबद्धता गरेपछि घाइते बालिकाका परिवार र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको थियो ।

मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएर भागेको घटनाको सिसिटिभी बाहिरिएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि बालिकालाई ठक्कर दिएर भागेर मन्त्रीले अमानवीय व्यबहार गरेको भन्दै चर्को आलोचना भएको थियो ।

आइतबार​ २२ भदौ २०८२ ०२:०७ PM मा प्रकाशित

प्रतिक्रिया