×

शेयर बजारमा अर्थमन्त्रीको राजीनामाको असर देखिएन, आज साढे १६ अङ्कले घट्यो

images

शेयर बजार आज बिहीवार साढे १६ अङ्कले घटेको छ । अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा दिएपछि बजार बढ्ने लगानीकर्ताको आँकलन थियो तर शर्माको राजीनामापछि पनि बजार ओरालो लागेको छ ।

शेयर बजार परिसूचक नेप्से आजा १६ दशमलव ६० अङ्कले घटेर २ हजार २७ दशमलव ३२ विन्दुमा झरेको छ । म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ ।

आज नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ । २ सय २९ वटा कम्पनीका ४७ लाख ११ हजार कित्ता शेयर १ अर्ब ८० करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर ७ करोड ६५ लाख रुपैयाँमा कारोबार भएको छ ।

नेप्से ओराले लागेकाे दिन समिट लघुवित्त र लिवर्टी इनर्जी कम्पनीको शेयर ५ प्रतिशतभन्दा धरैले घटेको छ । समग्रमा बजार घटे पनि माउन्टेन हाइड्रो नेपालको शेयर भने ३ प्रतिशतभन्दा धेरैले बढेको छ । 

बिहीबार २३ असार २०७९ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया