आइतबार सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखेर उनले केही दिनअघि उच्च अदालतले दिएको आदेशले टुकुचा खोलाको प्राकृतिक अधिकार पुनःस्थापन गर्न काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको बताएको बताएका छन्।
खोला छोप्ने कार्य बर्जित हो, यस्तो कार्यलाई सकृयता पूर्वक रोकथाम तथा नियन्त्रण गर्नुपर्छ भन्ने नीतिअनुरूप महानगरपालिकाले चालेका कुनै पनि कदम खेर नगएको उनले बताएका छन्।
‘केही दिनअघि सार्वजनिक भएको उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्टरूपमा मान्यता दिएको छ’, उनले लेखेका छन्,। टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको छ। नदीको प्राकृतिक अधिकार र कानुनी व्यक्तित्व हुन्छ भन्ने विधिशास्त्रको घोषणा गरेको छ।’
अब टुकुचा खोलाको क्षेत्राधिकारभित्र रहेको व्यक्तिको जग्गा कानूनबमोजिम सार्वजनिक प्रयोजनमा ल्याउने उनले जनाएका छन्। ‘अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाइनेछ’, उनले भनेका छन्।

 
                                 
                         
                                                 
                         
                         
                        
प्रतिक्रिया