×

एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन सागर भाण्डारी जेन्जु प्रस्थान गर्दै

images


काठमाडौं।  मे ३ देखि १३ तारिखसम्म हुने एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार दक्षिण कोरियाको जेन्जु प्रस्थान गर्दै छ ।

प्रतियोगितामामा सागर भाण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । पेरिस ओलम्पिकका लागि छात्र वृत्ति

प्राप्त सागर १३ औं दक्षिण एसियाली खेलकुदका रजत विजेता हुन् ।  प्रतियोगिता पेरिस ओलम्पिक छनोटका रुपमा समेत रहेको छ ।

 प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । सागरले मे १३ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।
 

आइतबार​ २४ बैशाख २०८० ०५:४५ PM मा प्रकाशित

प्रतिक्रिया