×

प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको नाम सिफारिस

images

काठमाडौं। न्यायपरिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई आगामी प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेको छ।

सामान्यतया वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने स्थापित परम्परा र रोलक्रमलाई पन्छाउँदै चौथो वरीयतामा रहेका न्यायाधीशलाई सर्वोच्च पदका लागि अघि सारिएको यो सम्भवतः पहिलो घटना हो।

संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाल जस्ता अनुभवी र वरिष्ठ हस्तीहरूलाई छाडेर चौथो क्रममा रहेका शर्मालाई प्रस्तावित गरेको हो। संसदीय सुनुवाइ समितिले उहाँको नाम अनुमोदन गरेमा डा. शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।

डा. शर्मा ६ वैशाख २०७६ मा सर्वोच्चको न्यायाधीश नियुक्त भएका थिए। उमेर हदका कारण २०९२ असार ३ गते मात्र अवकाश पाउने उनले यदि संसदीय सुनुवाइबाट अनुमोदन पाएमा करिब ६ वर्ष (२०८९ वैशाखसम्म) न्यायालयको नेतृत्व सम्हाल्ने अवसर पाउनेछन्। प्रजातन्त्रको पुनर्स्थापनापछि यति लामो कार्यकालका लागि कुनै पनि प्रधानन्यायाधीशले अवसर पाएका छैनन्।

बिहीबार २४ बैशाख २०८३ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया