काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारलाई शान्तिपूर्ण रुपमा सफल निर्वाचन गर्न सम्पन्न गरेकोमा बधाई दिएका छन् ।
सामाजिक सञ्जाल फेशबुकमार्फत मोदीले नेपाली जनताले आफ्नो मताधिकार प्रयोग गरेर लोकतान्त्रिक अभ्यास गरेकोमा पनि खुशी व्यक्त गरेका छन् । नेपालको नजिकको छिमेकी भएको नाताले भारत नेपाली जनता र अब बन्ने नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको पनि मोदीले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, “सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ। यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो। घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।”
प्रतिक्रिया