×

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ- प्रधानमन्त्री

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको टिप्पणी गरेका छन् ।  मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले  विदा धेरै भएकाले पुनर्विचार आवश्यक भएको बताएका हुन् ।


बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रा सरकारी विदाहरू धेरै भए। यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ। यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौँ। गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ।”

प्रधानमन्त्रीले प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम हुँदै आएकाले,  राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी भन्नेबारे पनि छलफल आवश्यक रहेको बताए । 

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ। त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समितिसमेत गठन गरिएको छ।
 

मङ्गलबार २४ माघ २०७९ ०३:२८ PM मा प्रकाशित

प्रतिक्रिया