×

केवाएसी नभर्नेको खाता रोक्का

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान (केवाएसी) नभर्ने ग्राहकको बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ । एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकले प्रचलित कानूनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधान पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्न वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने जनाएको छ ।

त्यस्तो अवस्थामा आवश्यक ठानेमा बैंक तथा वित्तीय संस्थाले शंकास्पद कारोबार गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाईमा पेस गर्नेछ । आजको नेपाल समाचारपत्र दैनिकबाट

मङ्गलबार २० मंसिर २०७९ ०८:३३ AM मा प्रकाशित

प्रतिक्रिया