काठमाडौँ । नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ए डिभिजन लिगको कार्यतालिका सच्याउन एक साताको अल्टिमेटम दिएको छ । विहिबार एन्फा कार्यलय घेराउ गर्न गएका खेलाडी र पुर्व खेलाडीहरुले एन्फालाई ए डिभिजनको लिगको तालिका सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् ।
उनीहरुले एक सातामा कार्यतालिका नसच्याएमा सशक्त रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
एन्फाले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका हुन् । धर्नाका लागि एन्फा कम्प्लेक्समा पुगेका खेलाडीहरुलाई एन्फाको गेटमा रोकिएको थियो । गेटमा रोकिएपछि उनीहरुले गेटमै आफ्नो कार्यक्रम गरेका थिए ।
यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।
प्रतिक्रिया