काठमाडौं । जारी महिला क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ८८ रनले पराजित गरेको हो ।
भारतले दिएको २४८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३ ओभरमा अल आउट हुदै १५९ रन मात्र बनाएको थियो । यसअघि भारतले पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २४७ रन बनाएको थियो ।
जारी विश्वकपमा भारतको यो लगातार दोस्रो जित हो । यो जितपछि भारतको २ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी पाकिस्तानले भने प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र दक्षिण अफ्रीका खेल्ने तालिका रहको छ ।
प्रतिक्रिया