×

जनमतलाई जेनजी पार्टी भन्दै सिके राउतको आयो यस्तो प्रस्ताव

images

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो पार्टीलाई जेनजी पार्टी भन्दै नेपालको समस्याको निकासको रुपमा विभिन्न प्रस्ताव सार्बजनिक गरेका छन् । 

राउतले जेनजीको पार्टी, जनमत पार्टी भन नौलो गणतन्त्रको विकास र समस्याको निकास भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र मुख्यमन्त्री हुनुपर्ने निर्वाचनमा 'राइट टू रिजेक्ट', 'राइट टू रिकल' को व्यवस्था, विदेशमा रहेका नेपालीबाट मतदानको व्यवस्था हुनुपर्ने प्रस्ताव गरेका छन् ।

साथै उनले ३० हजार जेनजी युवालाई प्रदेश प्रहरीमा भर्ना गर्ने  डिजिटल नेपाल, रोजगारीको व्यवस्था, जेनजीको अधिकार सुनिस्चित गर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी प्रदेशहरू स्वायत्त र अधिकार सम्पन्न, सेवा प्रवाह र विकासमा प्रभावकारी, विज्ञहरू मन्त्रालयमा, सांसद/सभासद मन्त्री नबन्ने, संसदमा ह्वीप लाग्ने, दबाब र स्वार्थ समूहबाट मुक्त संसद्, जनमत-संग्रहबाट पनि ऐन बनाउने उल्लेख गरेका छन् ।

त्यसैगरी न्यायपालिकामा पनि पार्टी भागबण्डामा सरकारद्वारा न्यायाधीश नियुक्त नभई निर्वाचित हुने, निर्वाचन आयोग, अख्तियार सहितका संवैधानिक निकायका प्रमुखहरू प्रत्यक्ष निर्वाचित हुने र कर्मचारीतन्त्रको दलीयकरण, भ्रष्टाचार र ढिलासुस्ती हटाउन निजी क्षेत्र जस्तै 'हायर एण्ड फायर' नीति लागु गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

त्यसैगरी सामाजिक लोकतन्त्रको आर्थिक नीति, नियुक्ति, ठेकापट्टा आदिमा 'कन्फ्लिक्ट अफ इन्टरेस्ट' नहुने सुनिश्चितता,पार्टी, नेताको बन्धक र सिन्डिकेटबाट देशलाई मुक्ति, ट्राइब्यूनल गठन गरेर भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबीन गरिने प्रस्ताव गरेका छ ।

 

सोमबार २० असोज २०८२ ०८:५० PM मा प्रकाशित

प्रतिक्रिया