काठमाडौं । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ भिएफएसमा जाँदा सुरक्षागार्डले लाइनमा बस्न आग्रह गर्दा उल्टै हिरासत पुगेका गरूड सेक्युरिटिजका सुरक्षागार्ड शेरजंग गुरूङ थुनामुक्त भएका छन् ।
गृहमन्त्री बालकृष्ण खाणको आदेशससँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थारेखमा थुनामक्त गर्न आदेश दिएको हो ।
सुरक्षागार्ड गुरुङ आइतबार ठमेलबाट पक्राउ परेका थिए । उनीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोप लगाइएको थियो ।
मन्त्री श्रेष्ठ ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएसमा जाँदा सुरक्षा गार्ड गुरूङले लाइनमा बस्न आग्रह गरेका थिए । यसपछि दुई बीचमा विवाद पनि भएको थियो । विवादपछि काम सकेर मन्त्री श्रेष्ठ गएलगत्तै सुरक्षा गार्ड गुरुङ पक्राउ परेका थिए ।
प्रतिक्रिया