काठमाडौँ। सरकारले निजामती, प्रहरी, सेना, शिक्षक तथा अन्य सरकारी कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को हालै बसेको बैठकले स्वीकृत गरेको नयाँ तलब संरचना चालु आर्थिक वर्षको साउन १ गतेदेखि नै लागू हुनेछ।
बढेको र समायोजन गरिएको नयाँ तलबमानअनुसार सबै तहका सरकारी कर्मचारी, राष्ट्रसेवक तथा शिक्षकहरूले साउन महिनादेखिकै परिमार्जित तलब प्राप्त गर्नेछन्। बजेट वक्तव्यमा घोषणा गरिएबमोजिम नै कर्मचारीहरूको मनोबल उच्च बनाउन र जीवनस्तर सहज बनाउने उद्देश्यले नयाँ तलब ढाँचा स्वीकृत गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन्।
नयाँ तलबमान लागू भएसँगै सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई सोहीअनुसारको भुक्तानी व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालय र अर्थ मन्त्रालयले आवश्यक पत्राचार तथा निर्देशन जारी गरिसकेका छन्।
No ads found for this position
प्रतिक्रिया