तेहरान । विश्वकै रणनीतिक तथा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग 'स्ट्रट अफ होर्मुज' (Strait of Hormuz) खोल्ने विषयमा इरान र ओमानबीच महत्त्वपूर्ण समझदारी बनेको छ । इरानी विदेश मन्त्रालयका अनुसार दुवै देश जलमार्गको नयाँ भौगोलिक मार्ग (Coordinates) निर्धारण गर्ने सम्झौताको अन्तिम चरणमा पुगेका हुन् ।
तर, यो समझदारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी अधिकारीहरूको दाबीभन्दा पूर्ण रूपमा फरक पृष्ठभूमिमा बाहिर आएको छ, जसले गर्दा कूटनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले वासिङ्टन र तेहरानबीच होर्मुज जलमार्ग खुला गर्ने विषयमा 'सकारात्मक वार्ता' भइरहेको र छिट्टै सम्झौता हुन सक्ने दाबी गरेका थिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विदेशमन्त्री मार्को रुबियोले पनि इरानसँगको वार्ता प्रगतिउन्मुख रहेको संकेत दिएका थिए ।
तर, इरानले अमेरिकी दाबीलाई पूर्ण रूपमा खारेज गरिदिएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेई र उप-विदेशमन्त्री काजेम गरबाबादीले अमेरिकासँग कुनै पनि प्रत्यक्ष वा अप्रत्यक्ष वार्ता नभएको प्रष्ट पारेका छन् । इरानले यो वार्ता केवल ओमानसँग मात्र केन्द्रित रहेको र यसमा तेस्रो पक्षको कुनै हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएको छ ।
समझदारीका मुख्य बुँदा र सर्तहरू
होर्मुज स्ट्रेट विश्वको कुल कच्चा तेल र तरल प्राकृतिक ग्यास (LNG) को झन्डै पाँचौँ हिस्सा ओसार्ने सबैभन्दा संवेदनशील जलमार्ग हो । गत फेब्रुअरीदेखि अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण यो मार्ग लगभग ठप्प प्रायः छ ।
इरान र ओमानबीच सम्झौताको खबर बाहिरिएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ७ हप्ताकै उच्च विन्दुमा पुगेको छ भने तेल बजारमा पनि तीव्र उतारचढाव देखिएको छ ।
कूटनीतिक मध्यस्थकर्ताहरूका अनुसार यदि यो सम्झौता सफल भएमा यसले अमेरिका र इरानलाई आगामी दिनमा परमाणु सम्झौता र युद्धविरामका लागि पुनः वार्ताको टेबलमा ल्याउन ६० दिने अस्थायी राहत (Free Transit) प्रदान गर्नेछ ।
प्रतिक्रिया