×

कसैले कसुर गरेमा मुख हेरेर, अनुहार हेरेर क्षमा गर्दैन- प्रधानमन्त्री ओली

images

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेमाथि सरकार कडा रूपमा प्रस्तुत हुने बताएका छन्। उनले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको पनि बताए।  उनले भ्रष्टाचार कसुर गर्नेहरूलाई मुख हेरेर क्षमा नगरिने बताउदै संलग्नहरूलाई कुनै पनि बहानामा छुट नहुने र कानुनी कारबाही गरिने बताएका हुन् ।

भ्रष्टाचार निवारण ऐन २०५९ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीले भने, 'कसैले कसुर गरेमा मुख हेरेर, अनुहार हेरेर क्षमा गर्दैन ।'

प्रधानमन्त्री ओलीले सरकारले प्रतिशोधका लागि कुनै पनि कार्य नगर्ने तर भ्रष्टाचारमा संलग्नहरूलाई कानुनी कारबाही भने गरिने स्पष्ट पारेका थिए । 'अहिलेको सरकार प्रतशोधका लागि होइन । अर्थतन्त्र, समाजमा परिवर्तन र विकासमा गति ल्याउनका लागि हो,' उनले भने, 'कसैले भ्रष्टाचार, बदमासी गरे भने अनुहार पनि हेर्दैन, उम्किन पनि पाउँदैन, देर सबेर कानुनको कठघरामा उभ्याउँछौं र कानुनका नजरमा सबै समान छन् भन्ने कुरा स्पाथित गर्छौं ।'

प्रधानमन्त्री ओलीले भ्रष्टाचार अनियमिताका विषयमा अनर्गत प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले झुटा कुरा उछाल्ने र कसैलाई दुःख दिन नहुने बताए । उनले सरकारको पनि त्यस्तो मनसाय नरहेको स्पष्ट पारे ।


राजनीतिक अधिकार स्वतन्त्रताको अधिकार दिएर मात्र जनतामा सुख र समृद्धि नहुने प्रधानमन्त्रीले बताए । उनले सरकारले मूल्य मान्यता अपनाउनुपर्ने बताए । राजनीतिक अधिकार, स्वतन्त्रताका हकहरूको मात्रै होइन अर्थतन्त्र, सामाजिक प्रबन्ध र अन्य क्षेत्रमा आर्थिक अनुशासनका क्षेत्रहरूमा लोकतन्त्र र राजनीतिक परिवर्तन प्रतिबिम्बित हुनुपर्ने उनको भनाइ छ । राजनीतिक परपवर्तनसँगै शासकीय प्रक्रियामा सुधार आउनुपर्ने उनको भनाइ थियो ।

कानुन निर्माण गरेपछि कार्यान्वयन पनि गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गरी भ्रष्टाचारको नियन्त्रण र निवारणका लागि तथा न्यूनीकरण र अन्त्य गर्नपर्ने उनको भनाइ थियो ।

एकातिर आयोजनाहरूमा बजेट विनियोजन गर्ने र अर्कोतिर भ्रष्टाचार हुने, एकातिर राजश्व लक्ष्य निर्धारण गर्ने र अर्कोतिर न्यून विजकीकरणले राजश्व नउठ्ने समस्या समाधन गर्नुपर्ने ओलीको भनाइ थियो ।

मङ्गलबार २२ साउन २०८१ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया